सात हजार मिटर दौडमा थारु र महतो प्रथम

0 283







कावासोती, २० असोज ।
नवलपुर जिल्लाको कावासोतीमा शनिबार भएको सात हजार मिटर खुल्ला दौड प्रतियोगितामा पुरुषतर्फ सुदीप थारु र महिलातर्फ दिलमाया महतो प्रथम भएका छन् ।
पुरुषतर्फको दौडमा २३ मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै सुदीप थारु प्रथम भएका हुन् । त्यस्तै सुजन कुमार झेडी द्वितीय र झकमान गुरुङ्ग तृतीय भएका छन् ।
त्यसैगरी महिलातर्फ डोलमाया महतो प्रथम, कल्पना श्रेष्ठ द्वितीय र मुना गुरुङ तृतयि भएका नवलपुर जेसिज बर्ष २०१८ का अध्यक्ष त्रिभुवन तिवारीले बताए ।
नवलपुर जेसिसको सप्ताहा व्यापी कार्यक्रम अन्तर्गत शनिबार चौथो दिन ७ किलो मिटरको खल्ुला दौड प्रतियोगीता भएको छ ।
प्रतियोगितामा १५० जना प्रतियोगीले सहभागिता जनाएका थिए ।

You might also like
Loading...