बौदीकाली गाउँपालिकामा विवाद

0

रामकुमार श्रेष्ठ ।
नवलपरासी, ११ कात्तिक ।
बुंदीकाली हुंदै बौदीकाली गाउँपालिकाको रुपमा रुपान्तरित पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको कार्यालय कहाँ राख्ने भन्ने विवाद नमिल्दा गाउँपालिकाको आफ्नै कार्यालय भवन बन्न सकेको छैन ।
बौदीकाली २ डेढगाउँमा भाडामा कार्यालय राख्दै आएकोमा अहिले आफ्नै कार्यालय भवन बनाउनका लागि ठाउँ प्रस्ताव गर्दा विवाद शुरु भएको हो ।
पटक पटक वैठक तथा छलफल गर्दा पनि कार्यालय बनाउने स्थान टुंगो लाग्न नसकेको बौदीकाली गाउँपालिका वडा नं. ३ का वडासदस्य पुरुषोत्तम पाण्डेले बताए।
यस अघि भएको गाउँ सभाले केरुङटार (फेदी) मा कार्यालय राख्ने निर्णय गरेको थियो तर कार्यालय राख्ने विषय पछि विवादमा तानिएको हो जुन विवाद अहिले झन बल्झदै गएको छ।
स्थानीय बासिन्दा रुमबहादुर विर्ता मगरका अनुसार कार्यालय राख्नका लागि हाल कार्यालय रहेको स्थान नजिकै केरुङटार (फेदी) भन्ने ठाउँमा स्थानीयले १० रोपनी जग्गा कार्यालयको नाममा उपलब्ध गराएको भएपनि सोही वडाकै खहरेका बासिन्दा राजी नहुंदा यो समस्या आएको हो।
खहरेका बासिन्दाले पनि सबैभन्दा पहिला १० रोपनी जग्गा गाउँपालिकालाई उपलब्ध गराउने मन्जुरी नामा सहित गाउँपालिकाको कार्यालय खहरेमा राख्न माग गर्दै गाउँपालिकामा डेलिकेशन गएका थिए।
खहरेको बासिन्दाले आप्mनै गाउँमा गाउँपालिकाको कार्यालय ल्याउने पर्ने माग गरेका छन्। बौदीकाली गाउँपालिका २ डेढगाउँमा कार्यालय हुंदा नरम र रुचाड्डका बासिन्दालाई सदरमुकाम कावासोती आउनु र गाउँपालिकाको कार्यालय जानु बराबरी जस्तै भएको विर्ताले बताए । तथापि गाउँपालिका घोषणा हुँदै गाउँपालिकाको संरचना अनुसार डेढगाउँ नै गाउँपालिकाको सदरमुकाम हुन योग्य स्थान रहेकोेले यसको विकल्प भने नभएको गाउँ
शुक्रबार पनि पछिल्लो पटक छलफल गरे पनि उक्त छलफलले निकास दिन नसकेको वडा सदस्य पुरुषोत्तम पाण्डेले बताए ।
गाउँ सभाले केरुङटार (फेदी) मा कार्यालय राख्ने निर्णय गरेका गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले बताए।
उनले जग्गा गाउँपालिकाको नाममा पास गरेर मन्त्रालयमा पठाएपछि मात्र कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढाउन सकिने बताए ।
पहिला केरुङटार (फेदी) मा जग्गा उपलब्ध गराउन राजी भएका बासिन्दाले पुरै उपलब्ध गराउन नसक्ने अवस्था नभएको खण्डमा दुई ठाउँमा कार्यालय विभाजन गरेर राख्न सकिने उनले बताए।
स्थानीयबीच कार्यालय दुई ठाउँमा बाडेर राख्ने सहमति भएको भएपनि गाउंपालिकाको मुख्य कार्यालय कहाँ राख्ने भन्ने विषयमा सहमति जुट्न नसकेको उनले बताए।
यस अघि विवाद उत्पन्न भएपछि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरु सहितको ९ सदस्यीय समिति बनाएको भएपनि त्यसले विवाद टुंग्याउन नसकी कार्यपालिकालाई जिम्मा दिएको थियो।
गाउँ कार्यापालिकाले पनि मुख्य कार्यालय कहाँ राख्ने भन्ने विषय टुग्याउन सकेको छैन।
शुरुमा मन्जुरी नामा सहित आएका क्षेत्र खहरेमा कार्यालय राख्न खोला छउ भएकोले जोखिम हुने भन्दै गाउँपालिकाको टिमले कार्यालय खहरेमा राख्न अनिच्छा देखाएको थियो।
कार्यालय आफ्नो गाउँ नजिक ल्याउँदा कार्यालय आएको गाउँमा जग्गाको मूल्य बढ्नेदेखि गाउँमा चहलपहल बढ्ने भएकोले कार्यालय आफ्नो गाउँ नजिकै लैजान हानथाप देखिने गरेको छ।
खहरे र केरुङटार (फेदी) एक किलोमिटरको दुरीमा रहेकोले शिक्षा, स्वास्थ्य, पशु, कृषि लगायतका गाउँपालिकाको मातहत रहने कार्यालयहरु बाँडफाँड गरेर राख्न समस्या नहुने प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए।
कार्यालय कहाँ राख्ने भनेर स्थान यकिन गरेर कार्यालय गाउँपालिकाले जग्गा आफ्नो नाममा गराएपछि मात्र कार्यालय निर्माणका लागि बजेट माग गर्न मिल्ने भएको विवाद नसुल्झिदासम्म बौदीकाली गाउँपालिकाको कार्यालय भाडामै रहन बाध्य हुने छ।







सम्बन्धित
Loading...