एसिड आक्रमणका अभियुक्त विमल कारागार चलान

0 578







छिमेकी वसन्ती परियारमाथि एसिड र चक्कु प्रहार गरी गम्भीर घाइते बनाउने नवलपुर कावासोती नगरपालिका-१६ विमल श्रीपाली जिल्ला कारागार चलान भएका छन् ।

जिल्ला अदालत नवलपुरको आदेशमा उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । असोज ८ गते तरकारी किनेर बजारबाट र्फकदै गर्दा छिमेकी युवक विमलले वसन्तीमाथि एसिड आक्रमण गरी चक्कुले शरीरका विभिन्न भागमा आक्रमण गरेका थिए ।

जिल्ला अदालत नवलपुरको आदेशमा श्रीपालीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी रमेश थापाले जानकारी दिए । श्रीपालीलाई ज्यान मार्ने उद्योग एसिड प्रहार र अंगभंग शीर्षकमा मुद्दा चलाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको थियो ।

एसिड आक्रमणको मुद्दामा ५ देखि ८ बर्षसम्म जेल सजायको व्यवस्था छ । ज्यान मार्ने उद्योगमा अधिकतम १० बर्षसम्म जेल सजायको व्यवस्था छ ।

एसिड र चक्कु प्रहारबाट गम्भीर घाइते भएकी बसन्तीको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । उनको अनुहार तथा शरीरका विभिन्न भागहरु जलेको छ । उनको स्वास्थ्य अवस्था सुधारात्मक रहेको जनाइएको छ ।

You might also like
Loading...