जिल्ला प्रशासनको नागरिकता वितरण गर्ने सफ्टवयरमा समस्या

हिजो देखि नागरिकता वितरण रोकियो

रामकुमार श्रेष्ठ
नवलपुर, १२ कात्तिक ।
जिल्ला प्रशासन कार्यालय नवलपुरको नागरिकता वितरण गर्ने सफ्टवयरमा समस्या आएको छ ।
आइतबारदेखि सफ्टवयरमा समस्या आएको नवलपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए ।
सफ्टवयरमा समस्या आएपछि नागरिकता वितरण नसकिएको नेपालले बताए ।
बढीमा एक दिनमा उपलब्ध गराउनु पर्ने नागरिक वितरण कार्य दुई दिनसम्म हुन नसक्दा सेवाग्राहीहरु मारमा परेका छन् ।
सरकारले पछिल्लो समय नागरिकता कम्प्युटरबाट प्रिन्ट गरेर उपलब्ध गराउने व्यवस्था गरेकोछ ।
प्रमुख जिल्ला अधिकारी नेपालले सफ्टवयर मर्मतको कार्य भईरहेको र सोमबार दिउँसोसम्म काम नभए हातले लेखेरे भए पनि सेवा उपलब्ध गराउने बताए ।
यहां दैनिक दुई सयको हाराहारीमा नागरिकता लिन आउने गर्दछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *