पौडेलको ‘राष्ट्रप्रेम’

राष्ट्रप्रेम नामक स्वदेश गीतको अडियो भिडियो सार्वजनिक भएको छ । उक्त गीतको चलचित्रकर्मी रिद्दिचरण श्रेष्ठले गैडाकोटमा सार्वजनिक गरेका हुन् ।

ओशियन इन्टरनेशनल म्युजिक एण्ड मुभिजको व्यानरमा निर्मित राष्ट्र प्रेमलाई प्रविण भण्डारीले निर्देशन गरेका हुन् ।
विशाल पौडेलको शब्द र संगीत रहेको एल्वममा आशिष अविरलको संगीत संयोजन तथा विशाल पौडैल, केशव आचार्य, विवेक पाण्डे, काव्या आचार्य, गीता शाही, कल्पना सापकोटाको स्वर रहेको छ ।

शिक्षक, पत्रकार, कलाकार, बालबालिका सहितको अभिनय रहेको यस गीतमा झण्डै एक सय जनाको हाराहारीमा कलाकारहरुले अभिनय गरेका छन् ।

राष्ट्रप्रेमले ओतप्रोत शब्द रहेको यस गीत अडियो भिडियो दुवैमा सार्वजनिक गरिएको छ ।
राष्ट्र प्रेममा नारायणप्रसाद आचार्यको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *