बस र टिपर ठोक्किदा ३ जनाको मृत्यु, ३३ घाइते

0 65







कपिलवस्तु। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा यात्रुबहाक बस र टिपर ठोकिएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख १४७७ नंम्बरको टिपर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा थप ३३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी दाङ गढवाकी २५ वर्षीया पूजा सुनार, ४ वर्षीय सुशान्त सुनार र नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको । गम्भीर घाइतेहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ ।

You might also like
Loading...