राप्रपामा अर्को विद्रोहको खतरा, असन्तुष्ट समूहले बोलायो भेला

0 16







काठमाडौं १४ कात्तिक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ठूलो समूह पार्टी अध्यक्ष कमल थापासँग असन्तुष्ट बनेको छ । लगातार आन्तरिक भेला-बैठक गर्दै आएको यो समूहले अब तीन वटै राप्रपाका असन्तुष्ट नेताहरुको भेला बोलाउने तयारी गरेको छ ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनीको एकिकृत राप्रपा राष्ट्रवादीका असन्तुष्ट नेताहरूको तिहारअघि नै राजधानीमा ‘बृहत भेला’ हुन लागेको स्रोतले जानकारी दिएको छ ।

‘पुरानै पार्टीहरूबीच एकता गरेर जाने कि नयाँ पार्टी गठन गर्ने भन्ने निर्णय बृहत भेलाले गर्नेछ’, राप्रपा स्रोतले अनलाइनखबरसँग भन्यो । तीन वटै पार्टीका मुल नेतृत्वकै कारण राप्रपा टुक्राटुक्रा भएको ठहरसहित उनीहरू छुट्टै भेलाको तयारीमा लागेका हुन् ।

You might also like
Loading...