त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती १७ ढोकीमा धनधान्यान्चल ज्ञान महायज्ञ गर्ने

6




अर्जुन अविरल
कात्तिक, १४ कावासोती । त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती १७ ढोकी नवलपुरले स्वर्ण महोत्सवको अवसर पारेर मंसिर ११ देखि १९ गतेसम्म धनधान्यान्चल ज्ञान महायज्ञ गर्ने भएको छ । बुधबार विद्यालय परिसरमा गरिएको पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक दिपक नाथ घिमिरेलेले विद्यालयले विभिन्न आरोहअवरोह झेल्दै ५० बर्ष पुगेको छ यसकै अवसरमा महायज्ञ आयोजना गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियो ।

प्राविधिक शिक्षालय तथा विज्ञान संकाय सञ्चालनको पूर्वाधार विकास, विज्ञान र कम्प्युटर प्रयोगशालालाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्ने लगायतका उद्देश्य सहित महायज्ञ गर्न लागिएको प्रधानाध्यापक घिमिरेले बताए । वि। सं। २०२४ साल मंसिर ११ गतेबाट त्रिभुवन बाल बिध्याश्रमको नाममा प्रा विको आधार कक्षाबाट प्रारम्भ भए तापनि बैधानिक रूपमा २०२६ मंसिर २६ गतेबाटस्थापना भएको विद्यालयले २०२६ साल मंसिर २६ गतेदेखि वैधानिक रुपमा पठनपाठन सुरु गरेको उक्त विद्यालयले २०५३ सालमा कक्षा १०, २०६५ सालमा कक्षा ११, १२ को सम्बन्धन प्राप्त गरेको थियो ।

स्वर्ण महोत्सब एवं धन धान्यान्चल ज्ञान महायज्ञका प्रमुख कार्यक्रम अन्तर्गत मंसिर ११ गते कलश यात्रा,जगतगुरुबाट महायज्ञको उद्घाटन, १२ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट स्वर्णमहोत्सब र स्तम्भ अनावरण गरिने र सोही दिन प्रतिनिधि सभा सदस्य तिलक महतबाट स्मारिका लोकार्पण , १९ गते समापन गरिने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणी थनेतले जानकारी दिए ।

विद्यालयले उत्कृष्ट नतिजाहरू निकालेका कारण कावासोती नगरपालिका भित्रको उत्कृष्ट विद्यालयमा यो पनि रहेको शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरेलले पत्रकार सम्मेलनमा बोल्दै शिक्षा विकास तथा समन्वय ईकाईको तर्फबाट हुने सबै खाले सहयोगहरू गर्न तयार भएको बताए ।




सम्बन्धित
Loading...