गुर्जा हिमाल आरोहण गर्न गएका ४ नेपालीसहित ५ विदेशी नागरिक हिमपहिरोमा परी बेपत्ता
असोज २७, पोखरा ।
म्याग्दीको गुर्जा हिमाल आरोहरणमा गएका चार नेपालीसहित नौ जना पर्यटक हिम पहिरोमा पुरिएर बेपत्ता भएका छन्।
धौलागिरी गाउँपालिका–१, गुर्जास्थित ७ हजार १९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणमा गएका दक्षिण कोरियाका ५ जना नागरिक र चा जना नेपाली हिमपहिरोमा परेर बेपत्ता भएका हुन्।
दक्षिण कोरियाका किम चङ होको नेतृत्वमा ५ कोरियाली र गुर्जाकै २६ वर्षीय नेत्र बहादुर छन्त्यालसहित चार नेपाली हिमाल आरोहणमा गएका थिए।
बाँकीको पहिचान हुन सकेको छैन।
हिमाल आरोहणका लागि बेसक्याम्पमा बसेको ९ जनालाई हिम पहिरोले पुरेको थियो।
शनिबार बिहान उद्धारका लागि गएको सिम्रिक एयरको हेलिकप्टर खराब मौसमका कारण बस्न सकेन। हेलिकप्टरका पाइलटले दिएको जानकारी अनुसार ८ जना जति मानिसहरू छरिएर बसेका छन्।
पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमति पाएका टोलीले हिमालको दक्षिणी मोहोडाबाट आरोहण गर्ने तयारी गरेका थिए।