१० वर्षीया बालिकाको बलात्कारपछि हत्या

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका– १ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । घर नजिकै दुर्गापूजाको मेला हेर्न गएकी मनिषाकुमारी यादव शुक्रबार साँझदेखि हराएकी थिइन् । बाबुआमाले बालिका हराएको खबर गरेपछि खोजविनका क्रममा औरही–२ का रामआशिष साहको धानखेतमा शनिबार शव भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले बताए ।

 

अनुसन्धानका क्रममा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही–५ परवाहा मुखिया टोलका ३२ वर्षीय विनोद मुखिया र औरही–३ परवाहा का ३० वर्षीय नथुनी पण्डित रहेका छन् । मुखियाले पैसा दिएर फकाएको सूचना प्राप्त भएको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

दुबैले अभियोग स्वीकार गरेको र घटनाको अनुसन्धान भइरहेको बताइएको छ । दुबै जनाले शुक्रबार सँगै रक्सी पिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *