शुभकामना आदान प्रदान

0

नेपाल श्रिक्षक माहासंघ नवलपुरको शुभकामना आदानप्रदान सम्पन्न भएको छ । विजया दशमी, दिपावली छठ लगाएत पर्वको पावन अवसरमा नेपाल शिक्षक महासंघ नवलपुरका अध्यक्ष मोहनलाल कलवारको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष विक्रम झा रहनुभएको थियो ।




यसैगरी जिल्ला उपाध्क्ष बलराम सुवेदी, केन्द्रीय प्रतिनिधि शिव प्रसाद देवकोटा तथा भुवन आले, नेपाल राष्टी«य शिक्षक संगठन नवलपुरका जिल्ला अध्यक्ष नरदेव न्यौपाने, शिक्षक संघका गोपाल ज्ञावली तथा चेतनाथ अधिकारी लगाएतले शुभकामना मन्तव्य व्यतm गर्नुभएको थियो ।

शुभकामनाको क्रममा नेपाली शिक्षकहरुमा अझ बढि एकताको खाचो महशुस गर्दै समग्र शैक्षिक विकासको लागी सविधानमा नै ससोधन गर्नुपर्ने आवश्यकता महशुस गर्दै यसपछिका आन्दोलनहरुमा थप एक्यवद्धताको खाचो रहेको समेत औल्याइएको थियो ।




कार्यक्रमको अन्त्यमा स्वर्गीय शिक्षक पशुपति दास पटेल प्रति श्रद्धान्जली तथा परीवार जनमा समवेदना प्रकट गरीएको थियो ।

कार्यक्रमको सचालन जिल्ला सचिव कृष्ण राज सिग्देलले गनुभएको नेपाल शिक्षक महासंघ नवलपुरका सस्थागत सहचिव तिर्थ कडेलले जानकारी दिनुभयो ।




सम्बन्धित
Loading...