आजको राशीफल २०७५ आश्विन २९ गते

0




मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आफन्तको सहयोग प्राप्त हुने छ । साहित्य क्षेत्रमा रुची बढ्ने छ । हर्ष र खुसीमै समय वित्ने छ ।

 

वृष (इ उ ए ओ वा वी वु वे वो)

आजको दिन संघर्षमै वित्ने देखिन्छ । गरेका काममा ढिला सुस्ती हुने सक्छ । यात्रामा मालसमान हराउन सक्छ सचेत रहनु होला ।

 

मिथुन (का कि कु घ ङ छ के को हा)

चिताएको काममा सफलता पाउन सक्ने योग छ । आम्दानी बढाउने काम शुरु गर्न सकिने छ ।

 

कर्कट (ही हु हे हो डा डि डु डे डो)

प्रेमी तथा जीवनसाथीको सहयोग पाइने छ । जोस जाँगर र हिम्मत बढ्ने छ । सफलताको योग छ ।

 

 

सिंह (मा मि मू मे मो टा टी टु टे)

नजिकको मित्रसंग भेटघाट हुने छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । शत्रु पराजय होलान ।

 

कन्या (टो प पी पु ष ण ठ पे मो)

साना तिना समस्याले समय खाने छ । मुद्दा मामिला आइ लाग्न सक्छ । आजको दिन सजक रहँदा नै बेश होला ।

 

तुला (र री रु रे रो ता ती तू ते)

भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । कुनै कामको शुभारम्भको चर्चा चल्ने छ।

 

वृश्चिक (तो ना नी नू ने नो या यि यु)

कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार आउला । व्यवसायमा आम्दानी बढ्ने योग छ ।

 

धनु (य यो भा भी भू ध फा ढ भे)

मन प्रशन्न रहला । एक पछि अर्को अवसर मिल्न सक्ने छ । व्यक्तित्वमा निखार आउँला ।

 

मकर (जो जा जी खी खू खे खो गा गी) 

कार्यमा बाधा आउन सक्ने छ । मनमा निराशा र आलस्यताले सताउने योग छ ।

 

कुम्भ (गू गे गो सा सी सु से सो द)

यात्रा लाभदायक हुने छ । परिवारसँगको भेटघाट रमाइलो हुने छ । आजको दिन सुखमय हुने छ।

 

मीन (दि दू थ भ ञ दे दो चा ची)

धन आर्जनका नयाँ स्रोतहरु पत्ता लाग्न सक्छ । धर्मकर्ममा मन जाने छ । पारिवारिक सुख प्राप्त होला ।



सम्बन्धित
Loading...