नेकपा सचिवालय बैठकः ओली–दाहाल कमजोरी सच्याउन तयार

0 80







काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले कमजोरी सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि पार्टीमा बल्झेको विवाद साम्य भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पार्टी सचिवालय बैठकमा पार्टी एकताका क्रममा प्रदेश कमिटीको पदाधिकारी चयन, सरकार सञ्चालनलगायतका विषयमा गम्भीर छलफल भएको छ ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयले गल्ती सच्याउने र अगामी दिनमा छलफल एवं निर्णयकै आधारमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको बताए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री दाहालले बैठकमा यस्तो प्रतिबद्धता व्यक्त गरेपछि पार्टीमा बल्झेको विवाद साम्य भएको श्रेष्ठको भनाइ छ छ ।

वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रदेश पदाधिकारी चयन, सरकार सञ्चालन लगायतका विषयमा बैठकमा प्रश्न उठाएपछि अध्यक्षद्धयले कम्जोरी सच्याउँने प्रतिबद्धता व्यक्त गरेका हुन् । तर बैठकले यस अघि गरेको प्रदेश पदाधिकारी चयनको निर्णय उल्टयाएको छैन ।

‘बैठकमा नेताहरुका असन्तुष्टि तथा नीतिगत बिषयमा उठेको कुरामा गम्भिर रुपमा छलफल भयो’ श्रेष्ठले भने, ‘ति बिषयमा छलफल गर्दै अध्यक्षद्धयले गम्भिर रुपमा लिनुभयो र अगामी दिनमा कमाजोरी सच्याउँदै अगाडी बढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’

अध्यक्षद्धय ओली र दाहालसंगको छलफल पश्चात नेता नेपाल घाना भ्रमणमा गएका थिए । तर ६ असोजमै पार्टी सचिवालय बैठक गरेर प्रदेश पदाधिकारी चयन गरिएको प्रति नेता नेपालले लिखित रुपमै असन्तुष्टि व्यक्त गरेका थिए । सो बैठकले सात वटै प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो ।

अध्यक्षद्धयको प्रतिबद्धता पश्चात ६ असोजमा प्रदेश पदाधिकारी चयनका बिषयमा भएको निर्णय बैठकले सदर गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेताहरु असन्तुष्टि व्यक्त गरेपछि अगामी दिनमा सच्याउँदै अगाडी बढने उनले प्रतिबद्धता व्यक्त गरे ।

You might also like
Loading...