पश्चिम नवलपरासीमा एक जना आलु व्यापारीको हत्या

0

प्रेमचन्द रौनियार । 




नवलपरासी (त्रिवेणी), ६ कार्तिक ।
पश्चिम नवलपरासीमा एक जना आलु व्यापारीको हत्या भएको छ ।
प्रतापपुर गाउँपालिका वडा नं. ४ बर्दघाट पुल नजिकको बगैचामा गएराति एक जनाको हत्या भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । त्यस्तै एक जना घाइते भएका छन् । रातिको समयमा हत्या भएको र आज दिउंसो मात्र जानकारी पाएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केदार बस्नेतले बताए ।
आक्रमणबाट नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ निवासी गणेश सहानीको मृत्यु भएको छ । उनको शव पोष्टमाटर्मका लागि पृथ्वी चन्द्र अस्पताल परासी राखिएको छ । प्रहरी निरीक्षक बस्नेतले उनको टाउकोमा धारिलो हतियारको आक्रमणबाट गम्भीर चोट देखिएको बताए । ।
उनीसंगै रहेका भनिएका अर्का एक जना नवलपरासीकै पाल्ही नन्दन ३ निवासी ३६ बर्षीय नर्देश्वर चौहान घाइते छन् । उनको पृथ्वीचन्द्र अस्पतालमा उपचार पछि घर फर्किएको प्रहरी निरीक्षक बस्नेतले बताए ।

घाइते चौहानले भने आफूहरुसंग पुरानो रिसिवि रहेका एक जना व्यापारीले रातिको समयमा पुलमा बोलाएर केही पर लगेर आक्रमण गरेको जनाएका छन् । तथापि घटनाको अनुसन्धान भईरहेकोले केही भन्न नसकिने निरीक्षक बस्नेतले बताए ।




हत्याराको पहिचान हुन नसकेको र खोजी कार्य जारी रहेको उनले बताए ।
घाइते चौहानले भने आफूहरुसंग पुरानो रिसिवि रहेका एक जना व्यापारीले रातिको समयमा पुलमा बोलाएर केही पर लगेर आक्रमण गरेको जनाएका छन् । तथापि घटनाको अनुसन्धान भईरहेकोले केही भन्न नसकिने निरीक्षक बस्नेतले बताए ।
घाइते चौहान दिउंसो होसमा आएपछि गाउँमा गएर उनले गाउंलेलाई घटनाको बारेमा जानकारी गराएको थिए । चौहान पनि आक्रमणबाट घाइते भई रातभर बेहोस भएको चौहानले प्रहरीलाई जनाएका छन् ।




सम्बन्धित
Loading...