बलात्कार घटना बढेपछि किशोरीहरुद्धारा किशोरीहरुलाई नै आत्मसुरक्षा तालिम

दाउन्ने न्यूज
नवलपुर, २२ असोज । नेपालमा पछिल्लो समय बलात्कारका घटना बढेपछि नवलपुरका किशोरी तथा युवतीहरुमा आत्मरक्षाको तालिम प्रदान गर्न थालिएको छ।

नेपालमा पछिल्लो समय हुने गरेको विभिन्न महिलाहिंसाहरुमा बालबालिकाहरु र किशोरीहरु अत्याधिक रुपमा सिकार हुन थालेपछि उनीहरुलाई आत्मरक्षको तालिम प्रदान गर्न थालिएको हो ।

यस्तो आत्मरक्षा तालिमले किशोरी तथा बालिकाहरुमा आफूमाथि हुने हिंसा तत्काल प्रतिकार गर्न सक्ने क्षमतामा वृद्धि हुने आत्मरक्षा तालिमका अगुवा संस्था जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम संयोजक दिपक शर्माले बताए।

नवलपुरको देवचुलीमा भएको प्रदेश स्तरीय बालिका सममेलनमा बालबालिका तथा किशोरी माथि हुने यौनहिंसा तथा अन्य हिंसाको प्रतिकारमा बालिका तथा किशोरीहरुले आत्मरक्षाको तालिम लिनु पर्ने आवाज जोडदार रुपमा उढेपछि नवलुरमा आत्मरक्षको तालिम शुरु गरिएको हो ।
पहिलो चरणमा नवलपुरका देवचुलीका किशोरीहरुलाई यस्तो तालिम प्रदान गरिएको हो । यस्ता तालिमले हिंसा न्युनिकरणको लागि हदसम्म भएपनि सघाउ हुने तालिममा सहभागी किशोरीहरुले बताएका छन् ।
देवचलीमा रहेको विदालयविद्यालयहरुमा यस्तो तालिम चलाइएको छ।

जागृति बाल तथा युवा सरोकार नेपालद्धारा सञ्चालन गरिएको किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका देवचुलीका १० माध्यमिक विद्यालयमा अध्ययनरत ३० जना किशोरीहरुले आत्मसुरक्षा, हिंसाबाट कसरी जोगिने, कुन कुन ठाँउमा असुरक्षित र सुरक्षित हुन सकिन्छ भन्ने बारे लगायत समाजमा किशोरीहरुको अवस्था र त्यो अवस्थाबाट कसरी माथि आउन सकीन्छ भन्ने बारेमा सैद्धान्तिक र प्रयोगत्मक तालिम सञ्चालन गर्दै आईरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *