महेषपुर भन्सारमा तीन महिनामा दुई करोड

0 33







रामकरण हरिजन

परासी (महेषपुर) । महेसपुर भन्सार कार्यालयले तिन महिनामा करिब २ करोड रुपैया राजस्व संकलन गरेको छ ।
भन्सार कार्यालयले श्रावण महिना देखि असोजसम्म कुल १ करोड ९४ लाख १८ हजार ५१० रुपैया राजस्व सकंलन गरेको जनाएको छ । कार्यालयले असोज महिनाको मात्रै ९९ लाख ४३ हजार ७६४ रुपैया राजस्व संकलन गरेको छ ।

महेसपुर भन्सार श्रावण महिनादेखि मुल भन्सार भएपनि राजस्वमा संकलनमा बृद्धि भने हुन सकेको छैन । यस कार्यालयको मातहतमा ४ वटा छोटी भन्सार अझै छन् तर त्यस भन्सारबाट स–साना सवारी साधनको सुविधा काटने कार्य मात्र गर्ने गरिएको छ ।

You might also like
Loading...