नवलपुर प्रिमिएर लिग क्रिकेट प्रतियोगिताः दोस्रो दिनको खेलमा गैडाकोट र बुलिङ्गटार विजयी

0

रामकुमार श्रेष्ठ ।।  




नवलपरासी, ८ कात्तिक । नवलपरासीको कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा रहेको क्रिकेट मैदानमा जारी नवलपुर प्रिमियर लिगको आजको खेलमा गैडाकोट र बुलिङ्गटार विजयी भएको छ ।

राइजिङ्ग स्टार क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगितामा आज भएको पहिलो खेलमा पहिले ब्याटिङ्ग गरेको बुलिङ्गटार बुल्सले १८ दशमलब १ ओभरमा अलआउट हुंदै ८८ रन जोडेको थियो । आज समूह बी मा रहेको टिमहरुबीच प्रतियोगिता भएको हो ।




८९ रनको लक्ष्य पछ्याएर मैदननमा उत्रिएको बुंदीकाली स्टार्स १० दशमलब ५ ओभरमा ३० रनमै अलआउट भएको थियो ।
पहिलो खेलमा ६ विकेट र ६ रन लिएका बुलिङ्गटार बुल्सका अर्जुन गिरी म्यान अफदि म्याच भएका थिए ।
त्यस्तै आज भएको दोस्रो खेलमा गैडाकोट वारियर्स ५ विकेटले विजयी भएको छ ।

यो पनि पढ्नुहोला

कावासोतीमा आजबाट नवलपुर स्तरीय प्रिमिएर लिग क्रिकेट प्रतियोगिता शुरु:

 

गैडाकोट वारियर्सले टस जितेर फिल्डिङ्ग रोजेको थियो । पहिले बाटिङ्ग गर्न मैदानमा उत्रिएको मध्यविन्द च्यालेन्जर्स १७ दशमलब ४ ओभरमा पुरै विकेट गुमाइ १ सय १० रन जोड्न सफल भएको थियो ।
१ सय ११ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको गैडाकोट वारियर्सले जवाफी ब्योटिङ्गमा १५ दशमलब १ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो ।

दोस्रो खेलमा ४९ रन र ३ विकेट लिन सफल खेलाडी गैडाकोटका विमल थापा मगर म्यान अफदि म्याच भएका थिए ।
भोलिको खेल समूह ए मा रहेको विनयी ट्रेजर्स र हुप्सेकोट फायर ब्याकबीच हुने र दोस्रो खोल कावासोती मरुन्स र देवचुली स्माचर्सबीच हुने आयोजक क्लब राइजिङ्ग स्टार क्रिकेट क्लबका सचिव कमल पौडेलले बताए ।

यो पनि पढ्नुहोला

नवलपुर प्रिमिएर लिग क्रिकेट प्रतियोगिताः दोस्रो दिनको खेलमा गैडाकोट र बुलिङ्गटार विजयी




सम्बन्धित
Loading...