मोटरसाईकल ठोकिदा तीन जना घाईते

0 10







कावासोती , ८ कात्तिक

नवलपरासी पूर्वको कावासोती दुई खरकट्टा जंगलमा विहिवार साझ ६ बजेतिर भएको सवारी दुर्घनामा परि तीन जना घाईते भएका छन । एक जनाको अवस्था गम्भिर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार पूर्वबाट पश्चिम आउदै गरेको लु ५ प २१७१ नम्बरको मोटसाईकल र विपरित दिशाबाट जादै गरेको ना ५ प ८४६४ नम्बरको मोटर साईकल एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो ।

२१७१ नम्बरको मोटरसाईकल चालक कावासोती १२ पिठौली बस्ने २१ वर्षको मेन्जन गुरौको नाम ठेगाना खुलेको र अन्य दुई जनाको नाम ठेगाना खुलेको छैन । घाईतेलाई उपचारका लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।

You might also like
Loading...