दसैंका दुई चलचित्र बने मालामाल

काठमाडौं । नेपाली चलचित्रको ओरालो लागेको कारोबारलाई यो वर्षको दसैंमा प्रदर्शनमा आएका दुई चलचित्रले चलायमान बनाएका छन् । यो दसैंमा प्रदर्शनमा आएका दुई ठूला फिल्म ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ले आशालाग्दो कारोबार गरेपछि चलचित्रको खस्केको व्यापारमा केही राहत मिलेको हो । यी दुवै फिल्मले लगानी सुरक्षित गर्न सफल भएका छन् ।

निर्माता तथा निर्देशक अशोक शर्माले प्रदर्शनको पहिलो हप्तामा नै चलचित्र जय भोलेले लगानी सुरक्षित गरेर मुनाफाको बाटोमा दौडिएको बताए । उनका अनुसार, फिल्मले पहिलो हप्तामा ३ करोडमाथि कमाइसकेको छ । यसैबीच घटस्थापनाबाट प्रदर्शनमा आएको ‘छक्का पञ्जा ३’ को पनि दुई हप्ते कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ ।

निर्माण टिमका एक सदस्यले दिएको जानकारी अनुसार, फिल्मले प्रदर्शनको दुई हप्तामा १३ करोड ६० लाख ग्रस कलेक्सन गरेको छ । २ करोड आसपासमा निर्माण भएको फिल्मले प्रदर्शनको पहिलो हप्तामा नै लगानी सुरक्षित गरेको थियो । प्रदर्शनको दुई दिनमा नै यो फिल्मले २ करोडमाथि कमाएको थियो । कमेडी जनरा, टिम र हिट फिल्मको सिक्वेलले फिल्मको कलेक्सनमा भरपुर साथ दिएको छ । अब यो फिल्म ‘छक्का पञ्जा’ को १६ करोडको ऐतिहासिक कलेक्सन रेकर्ड ब्रेक गर्ने दौडमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *