शौचालय छाडेर नहरमा शौच

0 53







रबिन्द्र यादव (दाउन्ने न्यूज) । 

नवलपरासी (सुस्ता) । सार्वजनिक शौचालय नजिकै मन्दिर भएको भन्दै नवलपरासीको सार्वजनिक शौचालय प्रयोग विहिन जस्तै भएको छ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नम्बर ६ हरपुर (भन्सार चोक) मा पूर्व सांसद देवकरण कलवार (सन्तु) ले बनाएको सार्वजनिक शौचालय प्रयोग बिहिन भएको छ । सन्तुले ०७२।०७३ सालमा आफ्नो सांसद विकासको कोष मार्फत ५ लाखको लागतमा उक्त शौचालय बनाएका थिए तर अहिलेसम्म शौचालय स्थानीयले प्रयोगमा ल्याएका छैनन् ।
शौचालय नजिकै लक्ष्मी मन्दिर र पिपलको रुख भएको कारण आफूहरुले पुज्ने देउता नजिकैको शौचालयमा शौच गर्न पाप लाग्ने भन्दै उनीहरुले शौचालय प्रयोग नगरेका हुन् ।
उक्त वडामा पुर्व सांसद देवकरण कलवार ( सन्तु ) र पुर्व मन्त्री तथा वर्तमान सांसद ह्दयेष त्रिपाठीको घर पनि रहेको छ । नवलपरासी जिल्ला खुल्ला दिसापिसाब मुक्त घोषणा भइसकेको छ । स्थानीय बासी सिताराम हजामले सार्वजनिक शौचालय नजिक लक्ष्मी मन्दिर र पिपलको रुख रहेकोले हिन्दु मान्यता अनुसार दुबै देउता हुन त्यसकारण शौचालय प्रयोग नगरिएको बताए।
प्रसौनी छोटी भन्सार र बसपार्क नजिककै उक्त शौचालय रहेको छ । अहिले सार्वजनिक शौचालयमा कुनै सरसफाई छैन । त्यहाँका स्थानीयहरु सार्वजनिक शौचालयको सट्टामा पश्चिम गण्डक नहरको किनारमा खुल्ला शौचालय गरिरहेका छन् ।
भन्सार नजिक करिब एक सय भन्दा बढि पसलहरु छन् । नेपाल भारत झुलनिपुर नाका संग जोडिएको बजारमा सार्वजनिक शौचालय प्रयोग बिहिन हुँदा सिंगो बजार नै दुर्गन्धित हुन पुगेको छ ।
भारतबाट आउने मानिसहरूले समेत बाहिर शौचालय गर्न बाध्य छन् । सन्तु नै आफ्नो सांसद विकास बाट सोही ठाउँमा बनाएको प्रतिक्षालय भने पुर्ण रुपमा प्रयोगमा आएको छ ।
उक्त शौचालय प्रयोगमा ल्याउन त्यहाँ रहेको बजार ब्यवस्थापक समितिको समेत ध्यान गएको छैन ।

You might also like
Loading...