कांग्रेस नेता राहुल गान्धी पक्राउ

0 39







मुम्बई एजेन्सी । केन्द्रिय अनुसन्धान ब्युरो (सिबीआई) प्रमुख आलोक वर्मालाई मोदी सरकारले हटाएको विरोधमा भारतीय कांग्रेसले शुक्रवार भारतभर प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा प्रमुख प्रतिपक्ष दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ परेका छन् ।

नयाँ दिल्लीको प्रदर्शनको नेतृत्व अध्यक्ष राहुल गान्धीले गरेका थिए । उनको नेतृत्वमा दयाल सिंह कलेजदेखि सीबीआई मुख्यालयसम्म प्रदर्शन भएको थियो । सिबिआई मुख्यालय अगाडी गान्धी धर्नामा बसेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले गान्धीलाई लोधी रोड प्रहरि स्टेशन लिएर गएको थियो ।

‘प्रधानमन्त्री भाग्न सक्छन् तर, यथार्थ केहो छिट्टै सार्वजनिक हुन्छ ।’ छोटो प्रतिक्रिया दिँदै गान्धीले भने ।

राहुलले बिहीवार पत्रकार सम्मेलन गर्दै बर्मालाई हटाउनमा प्रधानमन्त्री नरेन्द्र मोदीको विषेश हात रहेको बताएका थिए ।

You might also like
Loading...