विश्वकप ट्रफी नेपालमा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको ट्रफी टुर काठमाडौं आइपुगेको छ । सो ट्रफीलाई शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको थियो । २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने एक दिवसीय विश्वकप क्रिकेटको विजेता टिमलाई सो ट्रफी प्रदान गरिन्छ । सो ट्रफी चार दिन नेपालमा रहनेछ । नेपालमा यसअघि विश्वकप फुटबलको ट्रफी पनि ल्याइएको थियो । विश्वकप क्रिकेटको ट्रफी भने पहिलोपटक नेपालमा प्रदर्शनका लागि ल्याइएको हो ।

सो ट्रफीको सय दिन भ्रमण गराइने सिलसिलामा नेपाल ल्याइएको हो । २७ अगस्टदेखि टुर गरिएको हो । सो ट्रफी २१ देशमा टुर गराइने आईसीसीले घोषणा गरेको छ ।

२१ देशका ६० सहरमा ट्रफी लगिनेछ । सो ट्रफी पोखरा, चन्द्रागिरि, बसन्तपुरलगायतका स्थानमा प्रदर्शनका लागि राखिने अाजकाे राजधानी दैनिकमा खबर प्रकाशित छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *