सुस्ता गाउँपालिका अध्यक्ष पाण्डेकाे स्कूलमा अागलागी

0 37







नवलपरासी, १० कात्तिक। सुस्ता गाउँ पालिका अध्यक्ष रामप्रसाद पाण्डेकाे विद्यालयमा गएराति अागलागी भएकाे छ ।
विहान साढे ६ बजेतिरमात्र अागलागी भएकाे थाहा भएकाे पाण्डेले बताए ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका २ महलवारीमा रहेको क्यानल सेन्टर आवासिय माविकाे कार्यालयमा आगलागी भएकाे हाे ।
अागलागीबाट ७/८ लाख बराबरकाे क्षति भएकाे पाण्डेले बताए ।
अागलागीकाे कारण खुलेकाे छैन ।
अागलागीबाट कार्यालयमा रहेकाे फर्निचर, ल्यापटप कम्प्युटर, कागजपत्र जलेका छन् ।
घटनाकाे छानविन भईरहेकाे प्रहरी जनाएकाे छ।

पाण्डे सुस्ता गाउँपालिकाकाे अध्यक्षमा निर्वाचित भए पछि भाइ सागर पाण्डेलाई विद्यालयकाे जिम्मा दिएका थिए ।

You might also like
Loading...