भन्सारका कर्मचारी वर्षाेंदेखि कार्यालयबाहिर

संखुवासभा। किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारी वर्षोंदेखि जिल्लाबाहिर रहेका कारण सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ । पञ्चायतकालमै स्थापना भएको किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारीले कार्यक्षेत्र छाडेर जिल्लाबाहिर बस्दा सेवाग्राही मारमा परेका हुन् ।

तीन जना कर्मचारी रहेको किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारीले सदरमुकाम खाँदबारीमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै तलब लिइरहेको कोलेनीका कार्यालयले जनाएको छ । प्रतिमहिना १ लाखभन्दा बढी रकम उठ्ने सीमा भन्सार कार्यालय सञ्चालन गर्न सरोकारवाला निकायको ध्यान भने पुग्न सकेको छैन । पूर्वको कर्णाली भनेर चिनिने भोटखोलाका बासिन्दा छिमेकी देश चीनसँग निर्भर रहनु परेको छ । किमाथांकाबाट भन्सार कार्यालय द्वन्द्वकालमा हटिया सारिएको थियो  तर केही समय मात्र भन्सार कार्यालय हटिया राखेर लामो समय भन्सारका कर्मचारी जिल्लाबाहिर बसेर तलब भत्ता लिएको कोलेनी कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *