थाइल्याण्डमा रोमान्टिक बने दीपिका र दीवाकर

एक वर्ष अगाडि कोर्ट म्यारिज गरेर केही साता अगाडि इन्गेजमेन्ट गरेका ‘लभ बर्डस्’ दीपिका प्रसाईँ र दीवाकर भट्टराई अहिले थाइल्याण्डमा हनिमुन टुरमा छन् । हालैमा यो कपलले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रेम स्विकार गर्दै एकअर्काको अंगालोमा कसिएको तश्बिर शेयर गरेका थिए ।
मंसिरपछि बिहे गर्ने तयारीमा रहेका उनीहरु अहिले पर्यटकिय गन्तब्य थाइल्याण्डमा रमाइरहेका छन् । फेसबुकमा तश्बिर राखेकै साँझ यो जोडी त्यसतर्फ उडेका थिए । अभिनेत्री दीपिकाले प्रेमी तथा निर्देशक दीवाकरसँग क्लिक गरेका रोमान्टिक तश्बिरहरु फेसबुक स्टोरीमा शेयर गरेकी छिन् ।
एक तश्बिरमा दुईले एकअर्कालाई चुम्बन गरेका छन् । उनीहरुको हनिमुन टुर अविस्मरणीय बनिरहेको तश्बिर बोल्छ । यी दुई फिल्म ‘ऐश्वर्य’ को सेटबाट नजिक भएका थिए । दीपिकाको उक्त फिल्म डेब्यु थियो । यो फिल्म रिलिज लगत्तै उनीहरुको अफेयरको खबर बाहिर आएको थियो ।
लामो समय प्रेम-प्रेमिका नभई साथी मात्र बताउँदै आएपनि दशैं सकिए लगत्तै दीपिका र दीवाकरले मिडियामा चर्चामा रहेको अफेयरको खबरलाई सत्यतामा परिणत गरेका थिए । दीपिकाको दोस्रो फिल्म ‘छक्का पञ्जा ३’ ले अहिले जबरजस्त कलेक्सन गरिरहेको छ भने दीवाकर निर्देशित फिल्म ‘क्याप्टेन’ फागुनमा रिलिज हुँदैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *