राइनो संरक्षण गोल्डकप फुटबल प्रतियाेगिता शुरू

0

अर्जुन अविरल ।।




नवलपरासी, १५ कात्तिक ।




नवलपुरमा विहीबारबाट भएकाे राईनाे संरक्षण गाेल्डकप फुटबल प्रतियाेगिताकाे उद्घाटन खेलमा अायाेजक नवलपरासी ११ विजयी भएकाे छ।
नन्दभाउजु मध्यवर्ती उपभोक्ता समिति नवलपरासीको आयोजनामा मध्यविन्दु नगरपालिकामा विहिवारदेखी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको हाे।

अायाेजक नवलपरासी ११ ले रुपन्देही ११ लाई १-० गाेल अन्तरले पराजित गरेकाे हाे ।  नवलपरासीको जितका लागि  सवित गुरुङले दोस्राे हाफको २२ मिनेटमा गाेल गरेका थिए ।
प्रतियोगितामा शुक्रवारको खेल एनआरटी र सरस्वती क्लब बिच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १२ ओटा समूहको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २९ गते हुने छ ।
प्रतियोगितामा विजेता हुने समूहले रु चार लाख ९९ हजार ५५५ र उपविजेताले रु दुई लाख ५५ हजार ५५५ पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालाई जनही १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।




सम्बन्धित
Loading...