चन्द्राैटा व्यापार महाेत्सवमा थारु नृत्य प्रतिस्पर्धाले युवामा खुसियाली ॥

राम अवतार चाैधरी ।।
कपिलवस्तु १५ कात्तिक ।
     जिल्लाको मुख्य बजार रहेकाे व्यापारीक केन्द्र चन्द्राैटामा अहिले भने “पाँचौं चन्द्राैटा कृषि, पर्यटन तथा अाैधाेगिक व्यापार महाेत्सव २०७५” लाग्ने भएकाे छ । उक्त महाेत्सवमा पहिलाे पटक थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धा हुने भएकाे छ ।
     कृषि, पर्यटन, उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मुल आधार भन्ने मुल नाराका साथ व्यापार संघ कपिलबस्तुको आयोजनामा हुन लागेको पाँचौ चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा पहिलो पटक थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धा हुने खबर पाएपछि अहिले भने थारु समुदायका युवाहरु निकै हर्षित भएका छन् । यसै हर्षलाई उमेश थारुले खुसी व्यक्त गर्दै भन्छन् ; “अहिले थारु समुदाय लगायत थारु युवाहरू पनि निकै खुसियालीमय भएका छन् । अाफुहरूले पहिलाे पटक महाेत्सवमा थारु नृत्यकाे प्रतिस्पर्धी भएर थारु समुदायमा लुकेर रहेकाे प्रतिभा तथा लाेप हुँदै गइरहेकाे संस्कृतिलाई जार्गेना गर्ने अवसर पाउँदा खुसी लागेकाे उनले बताए ।”
     यसैबीच थारु तराईको मुलबासी भएर पनि थारु कला, संस्कृतिलाई दिनप्रतिदिन बिर्सेर अन्य समुदायमा विस्थापित हुँदै गएकाेले थारु संस्कृति विश्वकै नमुनामय कल्चर हाे र यसले देशलाई नै राम्रो पहिचान दिइएकाेले गैर थारु समुदायले पनि सहयाेग गर्नुपर्ने बताउँदै थारु चालचलन, रितिरीवाजलाई समृद्ध बनाएर थारु समुदायलाई पनि अगाडि बढाउनु पर्ने जाेड दिँदै र साे समुदायलाई नृत्यद्धारा भए पनि पाेशाक लगायत थारु संस्कृति झल्कने गरि थारु कला र संस्कृतिको संरक्षण, सम्बर्द्धन एवं प्रचार-प्रसारमा टेवा पुराउने उद्देश्यले पाँचौ चन्द्रौटा महोत्सवमा थारु साँस्कृतिक नृत्य प्रतियोगिता पनि राखिने महोत्सव संयोजक तथा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले बताउनुभयो ।
     महोत्सवलाई आर्कषक भव्य र सभ्य बनाउन यति बेला आयोजकले विभिन्न तयारीलाई तिब्रता दिएको छ । महाेत्सवकाे तयारीलाई तिब्रता दिँदै अटाे रिक्सा लगायत विभिन्न सराेकारवाला निकायहरूसँग पनि समन्वय गरिरहेकाे अायाेजक कमिटीले बताएकाे छ ।
     यसैगरी यस बर्ष महाेत्सवका मुख्य आर्कषकमा बाल उद्यान ,मौत कुवा, रोटे पिङ, जादुगर, पाँचौ डान्स आइडल, थारु नृत्य प्रतियोगिता स्थानिय स्तरमा उत्पादित कृषि उत्पादन, हस्तकला जडिबुटीहरुको प्रदर्शनी, स्थानिय तथा राष्टिय कलाकारहरुको बेजोड प्रस्तुती, जिल्लाका पर्यटकीय एवम धार्मिक स्थलहरुको प्रचार-प्रसार, बिभिन्न सांस्कृतिक झाँकी, जिल्लाका पर्यटकिय एवम धार्मिक स्थलहरुको फोटो तथा भिडियो प्रर्दशनी लगायतका बिशेषता रहेको बताएको छ ।
     प्रत्येक बर्ष भएका महोत्सव भन्दा यस पटक महोत्सव उत्कृष्त बनाउने तयारी भइरहेको अायाेजकले बताएकाे छ । महोत्सवमा बिज्ञान र प्रबिधिको समेत ब्यापक प्रयोग र बिभिन्न स्टलहरु रहने महोत्सव आयोजक व्यापार संघ कपिलवस्तुका अध्यक्ष पाेख्रेलले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *