कपिलवस्तुमा देउसीभैलीको तयारीमा गएकी बालिका बलाकृत

राम अवतार चौधरी

कपिलवस्तु, १७ कार्तिक ।
कपिलवस्तु जिल्लामा देउसीभैलीको तयारीमा गएकी १३ बर्षीया बालिका बलात्कृत भएकी छिन् ।
कविलवस्तुको शिवराज नगरपालिका बुधबार राती १३ बर्षिय बालिका बलत्कृत भएकी हुन् ।
राती शौच गर्न जाँदा स्थानीय २२ बर्षिय खिम बहादुर वि.क. ले बारीमा लगि जवरजस्तीकरणी गरेको भनि पीडित बालिकाको आफन्तले प्रहरी कार्यालय चन्द्रौडामा किटानी जाहेरी दिइएका छन् ।
तिहारमा खेलिने देउसी भैलोको तयारी गरी राती करिब १० बजे तिर घरमा आएकी बालिका शौचालय गर्न घर जिकैको शौचालयमा जाँदै गर्दा पीडकले जवरजस्ती तानेर मुख थुनी बलात्कार गरेको पीडितले आरोप लगाएकी छिन् ।
परिवारलाई राती नै बालिकाले घटनाबारे बताएको भए पनि परिवार बिहिबार बिहान मात्रै प्रहरीलाई खबर गरेको थियो । उजुरीका आधारमा प्रहरीले युवकलाई बिहिबार नै पक्राउ गरेर म्याद थप गरि अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *