‘चङ्गा चेट’ देशैभर हाउसफुल

काठमाडौं, १८ कात्तिक ।

शुक्रवारबाट प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित कमेडी फिल्म ‘चङ्गा चेट ले बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन ६० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मको शनिबार बिहानदेखि साँझसम्म ८०/८५ प्रतिशतको आसपास अकुपेन्सी रहेको वितरकबाट जानकारी प्राप्त छ ।

‘फिल्मको ‘वर्ड अफ माउथ’ एकदमै राम्रो छ’, उत्साहित हुँदै फिल्मीखबरसँग निर्देशक खनालले भने, ‘शुक्रबारभन्दा शनिबार देशभर दर्शकको चाप बढेको छ । मल्टिप्लेक्स र सिंगल पर्दा कुनै खाली छैन । देशभर फिल्मको व्यापार राम्रो छ ।’ उनले दर्शकले कमेडी पाटोलाई मन पराएको बताए । दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले तनाव कम भएको पनि बोले ।
शुक्रबार एकसाथ पाँच फिल्म प्रदर्शनमा आउनु र दशैंको फिल्म ‘छक्का पञ्जा ३’ को सोज नघट्नुले ‘चङ्गा चेट’ ले मल्टिप्लेक्समा प्रयाप्त सोज नपाएको उनले बताए । भन्छन्, ‘शुक्रबार र शनिबारको व्यापारले आइतबारबाट मल्टिप्लेक्समा सोज बढ्ने छनक देखिएको छ । तर, जति सोज हामीले पाएका छौं त्यसमा दर्शकको कमी छैन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *