नयाँ घर वनाउने सेवाग्राहीका लागी एक दिने अभिमुखीकरण

कावासोती । कावासोती नगरपालिकाले नयाँ घर वनाउने सेवाग्राहीका लागी एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । शनिबार नगरपालिकाको सभाहलमा नगरपालिकामा नयाँ घर निर्माणका लागी नक्सा पासका लागी निवेदन दिएका सेवाग्राहीलाई अभिमुखीकरण तालिम प्रदान गरेको हो ।
कावासोती नगरपालिकाको आयोजना तथा भुकम्प प्रबिधि राष्ट्रिय समाज नेपाल (एन्सेट) को सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा सहभागी सेवाग्राहीलाई मानिस र घरको सम्वन्धबारे जानकारी दिदै भूकम्पको कारण तथा असर, नेपालमा बिद्यमान भूकम्पीय जोखिम र त्यसको रोकथामको प्रयास पिलरवाला घर बनाउँदा ध्यान दिनुपर्ने कुराहरु लगायतका बिषयमा प्रशिक्षण दिईएको थियो ।
कार्यक्रममा एनसेटका प्रदेश नम्वर ५ का कार्यक्रम अधिकृत दर्शन मल्ल, प्रदेश नम्वर ४ का कार्यक्रम अधिकृत बिनोद सापकोटा, सिभिल ईन्जिनियर रोशन घिमिरे र बिशाल कंडेलले तालिममा सहजीकरण गर्नुभएको थियो ।
प्रमुख प्रशिक्षक दर्शन मल्लले दरो घर दिगो बस्ती अभियान अन्तर्गत भवन संहिता कार्यान्वयनका लागी प्राबिधिक एवं अभिमुखीकरण तालिम सञ्चालन गरिएको वताउदै यस्तो कार्यक्रमले नयाँघर निर्माणको सोच बनाउने सबैलाई सहयोग पुग्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रमका बारेमा कावासोती नगरपालिकाका भवन तथा बस्ती बिकास उप शाखाका प्रमुख पवन रुपाखेतीले कावासोती नगरपालिकाले अहिले घर वनाउनका लागी निबेदन दिएका सेवाग्राहीलाई अनिवार्य रुपमा तालिम दिएर मात्र नक्शा पास हुने बताउँदै यस्तो तालिम शुरुमा घर बनाउने कामदार, ठेकेदार, कन्स्ट्रक्सन संचालक तथा इन्जिनियरहरुलाई दिईसकिएको भए पनि गत अशोज १ गतेदेखि महिनामा २ पटक आफू बस्ने घर बनाउने उपभोक्तालाई पनि नियमित तालिम दिईरहेको वताउनुभयो ।
तालिममा नक्शा पासका लागी निवेदन भएका ३६जना निबेदक सेवाग्राहीको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *