भाइटीकाको उत्तम साइत ११ः५५ मा

काठमाडौं । यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार विहान ११ बजेर ५५ मिनेटमा परेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले सार्वजनिक गरेको साइत अनुसार बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको जनाएको छ ।

समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार कार्तिक शुक्ल द्वितीयाका दिन अर्थात् २३ कात्तिक भाइटीका परेको छ ।

तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद स्वरूप सप्तरंगी टीका र फूलमाला लगाइदिने चलन छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *