कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार

काठमाडौं, १९ कात्तिक। नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको बैठक मंगलबारका लागि बोलाएको छ ।

मंसिर ५ देखि ९ गतेसम्मका लागि तय महासमिति बैठक दुई हप्ताका लागि सार्ने चर्चा चलिरहेका बेला कांग्रेसले बैठक आह्वान गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार मध्याह्न १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको अनलाइनखबरलाई जानकारी दिए ।

विधान संशोधनको मस्यौदामा छलफल गर्ने समय अपुग भएकाले मंसिर २० पछि बैठक बोलाउनु पर्ने मत कतिपय नेताले राखेका छन् । मंगलबारको बैठकले यसबारे निर्णय गर्ने नेताहरुले बताएका छन् ।

तर, कांग्रेसका एकथरी नेताहरूले भने महासमिति बैठक बोलाउने कुरामा आशंका व्यक्त गर्न थालेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *