कांग्रेसको विधान संशोधन मस्यौदाको प्रस्तावनामै विवाद

0 19







मंगलबार बस्ने केन्द्रीय कार्य समितिको बैठकमा पेश गर्ने भनिएको विधान संशोधन मस्यौदा प्रतिवेदनको अन्तिम तयारीमा लागि सोमबार बसेको विधान मस्यौदा समितिको बैठकमा विधानको प्रस्तावनाकै विषयमा समेत नेताहरुबीच विवाद देखिएको हो ।

विधान मस्यौदाको प्रस्तावना, संगठन संरचनालगायतका विषयहरुमा विवाद देखिएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले स्वीकार गरे । उनले उपसमितिले तयार पारेको मस्यौदामा समितिका सदस्यहरुबीच विवाद देखिएकाले मंगलबार बस्ने केन्द्रीय कार्य समिति बैठकमा पेश हुने, नहुने टुंगो नभएको पनि जानकारी दिए ।

You might also like
Loading...