जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधी कावासोती ३ लाई

शोभा जिसी 

नवलपुर, २० कात्तिक ।


दशैं र तिहारको अवसर पारेर छहारी संगम युवा क्बल कावासोतीले आयोजना गरेको जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि कावासोती ३ को जनज्योति युवा क्लबले जितेको छ ।
मंगलबार भएको फाइनल खेलमा योङ्ग स्टार युवा क्लबलाइ १–० गोल अन्तरले पराजित गर्दै जनज्योति युवा क्लब बिजयी भएको हो ।
विजेता बनेको जनज्योति युवा क्लबले नगद २५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता योङ्ग स्टारले १५ हजार नगद मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
कार्यक्रमा क्लबका अध्यक्ष तवारत अहामद मियाको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *