सहज सहकारीको बार्षिक आम्दानी २२ लाख

राम अवतार चौधरी
कपिलवस्तु, २० कात्तिक ।


कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको सहज बचत तथा ऋण सहकारी संस्थाको ११औँ साधारणसभा कपिलवस्तुको शिवराज न.पा. ५, सहज टोलको सजहको भवनमा भएको छ ।
सहकारीले यस ०७४।७५ को आर्थिक बर्ष २१ लाख ९८ हजार ७ सय २५ कुल आम्दानी गरेको छ । भने १ हजार १७ कुल शेयर सदस्य रहेका छन् जसमा ७ सय ७३ महिला र २ सय ४४ पुरूष रहेका छन् र यस सहकारीले समुहीक ऋण लगानी गर्दै आएको जानकारी गराउँदै संस्थाको सचिव राधा सिंजालीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाको जेष्ठ नागरिक रहेका खगेश्वर गैरेले उद्घाटन गर्दै सहकारीले समाजमा उत्कृष्ट सहकार्य गरेको प्रशंसा गरेका थिए ।
दीपक खड्काको अध्यक्षतामा भएको कार्यक्रममा लेखा समिति संयोजक लिला मणि पौडेल, ऋण समिति संयोजक चन्द्रिका वि.क., शिक्षा समिति संयोजक सीता थापा, सल्लाहकार समिति संयोजक सरद अधिकारी लगायतको आतिथ्यिता रहेको थियो ।
कार्यक्रम सहकारीको सञ्चालक समितिको सदस्य प्रेम कुमारी अर्यालको स्वागत मन्तव्य र संस्थाको व्यवस्थापक कल्लु थारुको सञ्चालनमा भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *