गाई तिहारको दिन गाईको र्याली (भिडियो सहित)

शोभा जिसी
नवलपरासी, २१ कात्तिक ।


आज गाई तिहारको दिन कावासोतीमा गाई र्याली निकालिएको छ । स्थानीय जातको गाईको संरक्षण गर्नका लागि र्याली निकालिएको हो ।
नवलपुर जिल्लाको कावासोती ३ मा रहेको गौलाशाबाट थकाली चोक हुँदै कावासोतीको सभापति चोक, थाना चोक, फलफूल चोक हुँदै पुन गौशालासम्म र्याली निकालिएको थियो ।
आज गाई तिहारको दिन पारेर स्थानीय हिन्दु धर्मावलम्वीहरुले र्याली निकालेका थिए । भोलि गोबद्र्धन पूजाको दिन गौशालामा गोबरको पर्वत बनाएर पूजा गरिने जनाइएको छ । आजको कार्यक्रममा प्रदेश सभा सदस्य विष्णु लामिछाने लगायतको सहभागिता रहेको थियो ।
गाई र्याली स्थानीय जातको गाईको संरक्षणमा जोड दिन र गाई, गाईको मुत, दुध, गोबर लगायतको महत्वको बारेमा प्रचार गर्न तथा हिन्दु धर्ममा गाईको महत्व बारे प्रचार गर्न निकालिएको स्थानीय अगुवा लेखनाथ बस्यालले बताए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *