रजहरको दुर्घटनामा घाइतेको मृत्यु

नवलपरासी (रजहर) कात्तिक २१ गते ।

पूर्बी नवलपरासीको पूर्व पश्चिम राजमार्गको देबचुली नगरपालिका १६ रजहरमा तीन दिन अघि भएको दुर्घटनामा घाईते एकको आज ज्यान गएको प्रहरीले जनाएको छ ।
तीन दिन अघि कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको ना ३५ प ५९९१ को मोटरसाइकलले ठक्कर दिदाँ देबचुली १६ का ५० बर्षका धनबहादुर पुन मगरको उपचारका क्रममा भरतपुर स्थित मेडिकल कलेजमा आज ज्यान गएको ईलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।
प्रहरीले मोटरसाईकल र मोटरसाइृकल चालक बुलिगंटार गाउँपालिका ४ बस्ने भरत आले मगरलाई भाग्दै गरेको अबस्थामा ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जीसीले पक्राउ गरि ईलाका प्रहरी कार्यालय रजहरमा बुझाएको प्रहरी निरीक्षक जीसीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *