अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा महान्यायाधिवक्ता बर्खास्त

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई पदबाट बर्खास्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटमार्फत भनेका छन्, ‘हामी महान्यायाधिवक्ता जेफ सेसन्सलाई धन्यवाद दिन चाहन्छौं र उनको राम्रो होओस् भन्ने कामना गर्दछौं ।’

अमेरिकी चुनावमा रुसको हस्तक्षेपसम्बन्धी अनुसन्धान प्रक्रियाबाट आफूलाई अलग्याएपपछि कानून कार्यान्वयन गराउने उच्च अधिकारी सेसन्सको ट्रम्पले पटक पटक आलोचना गर्दै आएका थिए ।

तत्कालका लागि सेसन्सको स्थान उनका वरिष्ठ सहयोगी ‘चिफ अफ स्टाफ’ म्याथ्यु ह्वीटेकरले लिनेछन् । राजीनामापत्रमा सेसन्सले महान्यायाधिवक्ता पद छाड्ने निर्णय आफ्नो नभएको स्पष्ट पारेका छन् ।

अलाबामा राज्यका पूर्वसिनेटर सेसन्सले राष्ट्रपति ट्रम्पलाई सुरुमै समर्थन गरेका थिए । मिति उल्लेख नगरिएको आफ्नो राजीनामापत्रमा सेसन्सले लेखेका छन्, ‘प्रिय राष्ट्रपति महोदय, तपाईको आग्रहमा म आफ्नो पदबाट राजीनामा दिँदैछु ।’

ट्रम्पलाई धन्यवाद दिँदै सेसन्सले थपेका छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा म महान्यायाधिवक्ता पदमा रहँदा हामीले विधिको शासन पुनस्र्थापित गर्न सक्यौँ र त्यसलाई कायम गर्न सक्यौं ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *