नयाँ बर्षको अवसरमा मोटरसाइकल र्याली

नवलपरासी, २२ कात्तिक । 


नेपाल सम्वत ११३९ नयाँ बर्षको अवसर पारेर आज कावासोतीमा मोटरसाइकल र्याली निकालिएको छ ।

कावासोती भित्र रहेका नेवा गुठीहरु मिलेर नेपाल सम्वत ११३९ को अवसरमा कावासोतीमा मोटरसाइकल र्याली तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन् ।

र्याली कावासोतीको विष्णुनगरबाट शुरु भएर कोल्हुवा गोछडामा पुगेर समापन भएको थियो ।
कावासोतीमा रहेका नेवा गुठीहरुले नेपाल सम्वत नयाँ बर्षको अवसरमा बर्षेनी शुभकामना आदानप्रदान कार्यक्रम गर्ने गर्दछन् ।
नेवा गुठीहरुले कावासोतीको विष्णु नगरमा सगुन लिएर र्याली शुरु गरेको थियो ।

नेपाल सम्वतको शुरुवात उत्तर लिच्छवी कालमा भएको पाइन्छ । यस सम्वतको प्रवर्तक राष्टिय विभूति शंखधर साख्वा हुन् ।

इतिहासमा पाइए अनुसार राजा राधवदेवको पालामा जनताहरु राज्यको धनि तथा राजघरनियाका ऋणले अति थिचिएका थिए। त्यस वखत शंखधर साख्वा एक धनी व्यापारी थिए जोसँग अथाह सम्पत्ति थियो।

जब राजाबाट जनतालाई ऋण तिर्न दबाब बढ्यो, कडा सजाय र जेल चलान गर्ने झ्याली पिटियो तब ऋणले आक्रान्त जनताहरु शंखधर साख्वाकोमा सहयोगको याचना गर्न पुगे तब आम ऋणीहरुको ऋण मोचन गरी दिने तर सो गरेवापत नयाँ सम्वत चलाउनु पर्ने र उक्त सम्वतको नाम नेपाल सम्वत राख्नु पर्ने शर्त ऋणी जनताको समर्थनमा राजा राघवदेवमा राखे र राघवदेव राजाले स्वीकार गरे पश्चा सबै जनताका ऋण तिरेर ऋणमुक्त गरेको दिन कात्तिक शुक्ल पक्ष प्रतिपदाका दिन नेपाल सम्वत १सुरु भएको पाइन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *