५० बर्षीय पुरुषको शव भेटियो

नवलपरासी, २३ कात्तिक ।
नवलपरासीको हुप्सेकोट गाउँपालिका १ जुगेपानीमा एक जना ५० बर्षीय पुरुषको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार हुप्सेकोट १ जुगेपानीमा चन्द्रबहादुर सोमै मगरको बन्दै गरेको घरगोठमा राखेको परालमा मृत अवस्थामा वेवारिस शव फेला परेको हो ।
शव पोष्टमाटर्मको लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ । स्थानीय गाउँमा मागिखानेको मृत्यु भएको र उनको सनाखत नभएको प्रहरीले जनाएको छ ।
गहुँ गोरो वर्णको, गाला र चिउँडोमा आगोले पोलेको जस्तो दाग देखिएको, ५फिट ५ इन्च अग्लो पुरुषको सनाखत हुन नसकेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *