चितवनको राप्तीमा जंगली हात्तीको आक्रमणमा परी एक युवाको ज्यान गयो

0

कार्तिक २४, चितवन । 




चितवनमा जंगली हात्तीको आक्रमणबाट फेरी एक युवाको ज्यान गएको छ । आज ९शनिबार० विहान पूर्वी चितवनको राप्ती नगरपालिका–२, गड्यौली स्थित खेतमा काम गर्न जाँदा हात्तीले युवालाई आक्रमण गरेको थियो ।




विहान करिव ७ः५० बजेको समयमा भएको आक्रमणमा परी राप्ती नगरपालिका–२ कुपनडोल बस्ने २३ वर्षीय युवा सागर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि भरतपुर लगिएको छ।

सो क्षेत्र चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएको छ । जसका कारण वर्षेनी जंगली जनावरका कारण स्थानीयले ज्यान गुमाउनु परेको थियो । जिल्लामा दशैंको बेलामा पनि माडीमा हात्तीकै आक्रमणका एक युवाको ज्यान गएको थियो ।




सम्बन्धित
Loading...