दुर्घटनामा सारुको मृत्यु

0 24







कावासोती, २४ कात्तिक ।

पूर्वी नवलपरासीको कावासोतीमा शुक्रबारराति भएको सवारी दुर्घटनामा परी कावासोती २ निवासी ३२ बर्षीय डम्बरबहादुर सारुको मृत्यु भएको छ ।
कावासोती ६ भाटटोला लु १२ प ७४०५ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनाबाट घाइते सारुको राति उपचारको क्रममा कालीगण्डकी अस्पतालमा मृत्यु भएको हो ।

You might also like
Loading...