ओलम्पिक एशिया छनाैैैटमा आज नेपालले म्यानमारको सामना गर्दै

5

काठमाडौं, २५ कात्तिक। ओलम्पिक अन्तर्गत एशिया छनौट फुटबलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।




नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा ५ बजेदेखि शुरु हुनेछ । समूह सी मा रहेको यस खेलमा घरेलु टोली म्यानमारले बंगलादेशमाथि ५–० को जित निकाल्दै स्पष्ट ३ अंक जोडि सकेको छ । यसैगरी दोस्रो स्थानमा रहेको नेपालले पहिलो खेलमा भारतसँग १–१ गोलको बराबरी खेल्दै १ अंक जोडेको छ ।




आजको खेलमा म्यानमारलाई पराजित गरे नेपाल दोस्रो चरणका लागि छनोट हुने छ भने पराजित भएमा अन्तिम खेलमा बंगलादेशसमाथि जित्नै पर्ने दबाब हुने छ । नेपालले अन्तिम खेलमा मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।

नेपाली टोलीमा एन्जिला तुम्बाप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गादे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने तथा स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् ।

नेपाली टोलीको प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र र टोली नेतामा दीर्घबहादुर केसी तथा व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन् ।




सम्बन्धित
Loading...