‘जात्रै जात्रा’ टीजर रिलीज (भिडियो सहित)

काठमाण्डौ। सफल फिल्म ‘जात्रा’को सिक्लेव ‘जात्रै जात्रा’को टिजर रिलीज भएको छ । बलीउड फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ रिलीजसँगै हलहरुमा रिलीज गरिएको टीजर शनिवार यूट्युबमा सार्वजनिक गरिएको छ ।

‘जात्रै जात्रा’मा दयाहांग राई, बिपिन कार्की, बर्षा राउत, रबिन्द्रसिंह बानिया, रविन्द्र झा लगायतको प्रमूख भूमिका छ । ‘जात्रा’मा भने दयाहांगको अभिनय थिएन । टीजरमा जात्राको बेलामा भागिरहेका तीन कलाकारहरु दयाहाङ राईको जालमा परेको देखाईएको छ ।

प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मको निर्माताको रुपमा सिंगे लामा र यादव पौडेल रहेका छन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । यो फिल्म फागुन १७ गते देखी प्रदर्शनमा आउने जनाईएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *