तिहारमा कुटपिट गर्ने विरुद्ध प्रहरीमा उजुरी

0 36







नवलपरासी। स्थानीय युवा भेषबहादुर पुनलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएको अभियोगमा २ जना युवा बिरुद्ध ईलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी परेको छ ।
नवलपरासीको बर्दघाटमा तिहारको दिन रातिको समयमाधारिलो हतियार प्रयोग गरि घाइते बनाएको अभियोगमा निशान तामांग र भुषण दर्लामी उपर कारवाहीको माग गर्दै उजुरी परेको ईलाका प्रहरीकार्यालय बर्दघाटका प्रमुख तथा प्रहरी निरिक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयोे ।
प्रहरी निरिक्षक पुरीका अनुसार पुनको टाउकोमा चोट लागेको थियो । उनीहरु बिरुद्ध पिडित पुनले उजुरी दिएको बताइएको छ । पुनको
चिसापानी अस्पतालमा उपचार भएको थियो ।
त्यस्तै सो घटना लगतै तिहारको राति २ बजेको समयमा चिसापानी अस्पतालभित्रै बाडिपिडितका युवा प्रदीप कँुबर र मनिष कुँवर माथि रड प्रहार भएको र रड प्रहारबाट दुवै जना घाइते भएको पारिवारिक स्रोतले जनाएको छ ।
मनिष सामान्य अवस्थामा रहेको र प्रदीपको टाउकोमा ९ वटा टाँका लगाइएको र उनको भरतपुरमा थप उपचार गरिएको पारिवारिक स्रोतको भनाई थियो । उनीहरुलाई बिष्णु भन्ने बिश्वबन्धु पोखरेलको नेतृत्वमा रहेको समुहले भेषराज पुनको उपचार गर्ने समयमा चिसापानी अस्पतालमा बोलाएर रडले हानेको जनाइएको छ ।
घटनामा संम्लग्न पोखरेल बिरुद्ध भने कुनै उजुरी परेको छैन । कुंवरका दाजु दिपक कुंवर मार्फत बोलाएर पोखरेल समुहले चिसापानी अस्पतालमै रड प्रहार गरि घाइते बनाएको नवदुर्गा टोल विकास समितिका अध्यक्ष दुर्गा कुँवरले बताए ।
त्यस्तै सो घटनामा संलग्न उपर छानविन भइरहेको र दोषी उपर कडा कारवाही गरिने प्रहरी निरिक्षक पुरीले दावी गरे ।
तत्काल घटनाको कुनै कारण नदेखिएपनि पुरानो रिसिबीईका कारण घटना घटेको हुनसक्ने प्रारिम्भक अनुमान प्रहरीले गरेको छ ।
घटना पछि नवदुर्गा टोलमा शान्ति सुरक्षा कायम गर्नमा लागि स्थानीय र प्रहरी बीच सहकार्यको तयारी गरिएको बताइएको छ ।
सो घटनामा घाइते हुने भेषबहादुर पुन र घटनाका अभियुक्त बिश्वबन्धु पोखरेलले यस अघि पत्रकार रवि पाण्डे माथि दुब्र्यबहार समेत गरेका थिए ।

पत्रकार पाण्डेय माथि र्दुब्यवहार तथा सार्वजनिक स्थलमा उपद्रयाई गरेको मुद्धा कायमै रहेको
प्रहरीले जनाएको छ ।

You might also like
Loading...