कंगोमा इबोलाबाट ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो
प्रजातान्त्रिक गणतन्त्र कंगोमा हालै देखापरेको इबोला प्रकोपमा अहिलेसम्म २ सय भन्दा बढी मानिसको ज्यान गइसकेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
ज्यान गुमाउनेहरू मध्ये करिब आधा मानिसहरू नर्थ किभु क्षेत्रको बेनी सहरका रहेका राष्ट्रिय स्वास्थ्य निकायले जनाएको छ।
उक्त क्षेत्रमा करिब ८ लाख मानिसहरूको बसोबास रहेको छ।
खोप कार्यक्रमले अहिलेसम्म २५ हजार मानिसहरूलाई खोप लगाइसकेको बिबिसीले जनाएको छ ।