गण्डकीमा प्रदेश प्रहरी ऐन ल्याउने

0




पोखरा, २५ कात्तिक। गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउने प्रक्रिया थालेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी ऐन ल्याउन सैद्धान्तिक सहमति दिएपछि यसको औपचारिक प्रक्रिया प्रारम्भ भएको हो ।

मन्त्रिपरिषदको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई प्रहरी सम्बन्धी विधेयक ल्याउन सैद्धान्तिक सहमति दिएको भाैतिक पूर्वाधार विकासमन्त्री एवंम सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । उनले भने- ‘प्रहरी ऐन बनाउन मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएको छ ।’


संघीय सरकारले प्रदेश प्रहरी गठन गर्न अन्तरिम आदेश पठाएको तर केही दिन ढिला गरेर भए पनि कानून नै पठाउन आग्रह गरेर प्रक्रिया थालिएको कानूनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

यसअघि २ नम्बर प्रदेशले संसदबाट प्रहरी ऐन पारित नै गरिसकेको छ । संघीय प्रहरी ऐन बनाउन संघीय सरकारले गरेको ढिलाइप्रति प्रदेश सरकारहरु असन्तुष्ट छन् । संघीय प्रहरी ऐन नबन्दै पहिले नै २ नम्बर प्रदेशले प्रहरी ऐन ल्याइदिएपछि संघीय सरकार प्रदेशबीच दूरीमात्रै बढेन, नेकपाका नेता प्रदेश २ का मुख्यमन्त्रीबीच दोहोरी नै चलेको थियो ।




सम्बन्धित
Loading...