चौधरीको सम्झनामा शोक सभा

बर्दघाट । थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति नवलपरासीको आयोजनामा थारु कल्याणकारिणी सभाका जिल्ला सदस्य नन्दुकुमार चौधरीको बुवा स्वर्गिय पदम नारायण थारुको सातौ दिनको पुण्य तिथिमा शोक सभा बर्दघाट नगरपालिका वडा नम्बर ५ बण्डाखोला स्थित उनकै निवासमा भएको छ ।
सभाका वडा नम्बर ५ का वडाध्यक्ष बाशुदेव चौधरीको अध्यक्षता, सभाका केन्द्रिय सदस्य नरेश चौधरीको प्रमुख आतिथ्यता एवं सभाका पूर्व सभापति एवं सल्लाहकार श्याम सुन्दर प्रसाद चौधरीको विशेष आतिथ्यतामा शोक सभा गरिएको हो ।
थारु कल्याणकारिणी सभाका जिल्ला सभापति मुन्द्रिका चौधरी, कोषाध्यक्ष डोल कुमारी चौधरी, सदस्य गुलाब प्रसाद चौधरी, बर्दघाट नगर सभापति पितांबर चौधरी लगाएतले स्वर्गिय पदम नारायन थारुको जिवनी र योगदान बारे चर्चा गरेका थिए ।
कार्यक्रमको सञ्चालन सभाका जिल्ला सचिव पशुपति चौधरीले गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *