बालमैत्री नगरमा बाल अधिकारको बारेमा सचेतना फैलाउदै किशोरीहरु

नेपालमा बालमैत्री स्थानीय शासनको रणनीति २०६८ सालमा नेपाल सरकारले जारी गरेपश्चात धेरै स्थानीय निकायहरुले अवलम्बन र घोषणा गर्न सफल भएका छन् ।
नेपालको दोस्रो बालमैत्री नगरको रुपमा देवचुली नगरपालिकालाई यही भाद्ध २९ गते राष्ट्रिय बाल दिवसका अवसरमा घोषणा पश्चात पनि यसको दिगोपनाका लागि समेत विभिन्न कार्यक्रमहरु सञ्चालन हुने क्रम भने रहेको नै छ ।
यसै क्रममा देवचुली नगरपालिका वडा नं. १४ मा रहेको बाल्मीका आधारभुत विद्यालयका बालक्लव, शिक्षक प्रतिनिधीहरु र अन्य बालबालिकाहरुलाई बाल अधिकार, बालक्लवको व्यवस्थापनको बारेमा तालिम सम्पन्न गरिएको छ ।
जागृति बाल तथा युवा सरोकार नेपालद्धारा सञ्चालन गरिएको किशोरी शसक्तिकरण कार्यक्रममा किशोरी अभियन्ताहरुले नगरका वडाहरुमा रहेका विद्यालय र सुमुदायमा रहेका बालबालिकाहरुलाई तालिम सञ्चालन गर्ने क्रममा उक्त विद्यालयमा तालिम सञ्चालन गरिएको कुरा किशोरी अभियन्ता एवम सहजकर्ता श्रदा अर्यालले बताउनुभयो ।
उक्त कार्यक्रममा विद्यालयमा रहेको बालक्लवका पदाधिकारीहरुलाई बाल अधिकारको ऐतिहासिक पृष्ठभुमी, बाल अधिकारका आयामहरु, बालक्लवको महत्व र यसकोे सञ्चालनको बारे तालिम प्रदान गरिएको कुरा विद्यालयका प्रधानाध्यापक ज्योती शर्माले बताउनुभयो ।
किशोरी अभियन्ताहरु तयार गरी उनीहरुको माध्यमबाट समुदायस्तरमा र विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालनको लागि संस्थाले ३० जना किशोरीहरुलाई बिभिन्न विषयको प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेको र उनीहरुलाई नै सहजकर्ता बनाई तालिम सञ्चालन गरिएको संस्थाका उपाध्यक्ष सृजना अधिकारीले बताउनुभयो ।
बालमैत्री नगर भईसकेको भएता पनि यसको दिगोपनाका लागि यस्ता खालका कार्यक्रमहरुले सहयोग गर्ने र सचेतनामुलक कार्यक्रमहरु सदैव आवश्यक रहेको देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसालले बताउनुभयो । बालमैत्रीको दिगोपनाका लागि सवै निकायहरु, संस्थाहरु र सवै व्यक्तिगत तवरबाट यसको बारेमा छलफल र अन्तरक्रिया निरन्तर रहेको कुरा उहाँले बताउनुभयो ।
एक दिने तालिम कार्यक्रममा बालक्लवका पदाधिकारीहरु र अन्य बालबालिकाहरु सहीत गरी ४० जनाको उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *