बर्थडेमा बोलाएर बालिका र युवतीमाथि सामूहिक बलात्कार

0 43







लहान, २६ कात्तिक ।

सिरहाको लहान नगरपालिकामा बर्थ डे मा बोलाएर बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ ।
गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सात युवकको समूहले सामूहिक बलात्कार गरेका हुन् ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापा लहानका हरि चौधरीले मेरो बर्थ डे हो आउनु भनेर बोलाएर दुई जनामाथि सामुहिक बलात्कार भएको पीडितले वयान दिएकी छिन् ।
पीडित बालिका र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा स्वास्थ्य परीक्षण गरी अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
बलात्कार घटनामा संलग्न रहेका सातै जना फरार रहेको र उनीहरूको विशेष प्रहरी परिचालन गरी तीव्रगतिमा खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । उक्त घटनामा संलग्न रहेका तीन जनाको नाम खुलेको र चार जनाको नाम नखुलेको प्रहरीको भनाइ छ ।

You might also like
Loading...